समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ: ढुंगाना


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् ।

मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने पनि बताएका हुन् ।

संस्थाभित्र ब्यबसायीको पक्षमा नभई आस्थाका आधारमा हुने राजनितिले प्रसय पाएको भन्दै उनले पोखरा उद्योग वाणिज्य संघ राजनितिको शिकार बन्न पुगेको दावी गरे ।

आफू महासचिवको उम्मेदवारका रुपमा स्वतन्त्र रुपले कुनै प्यानलमा नरहेपनि साझा उम्मेदवारका रुपमा मतदातासँगको भेटघाट बढाएको उनको भनाई छ ।

‘प्यानल, गुट, उपगुट, समूदाय वा संगठन होइन संपूर्ण ब्यबसायीको अपनत्व हुने गरी नेतृत्व चयन गरीनुपर्छ । सबैले संघ र ब्यबसायीको हितमा काम नै गर्ने उद्देश्य बोकेको छ भने किन प्यानल बनाउनुप¥यो ? तसर्थ एक्लै भएपनि आम मतदाताको साथ र समर्थनमा उम्मेदवार हुँदैछु ।’

जिरोकिलोमिटरमा रहेका ब्यबसायीसँग मत माग्दै उनले भने।

२ वर्षे कार्यकालमा १० हजार सदस्य पु¥याउने लक्ष्य, अल्पकालीन , मध्यकालीन र दिर्घकालीन योजनाका साथ अगाडी बढ्ने साथै आम उद्योगी, ब्यबसायीको समस्या निराकरणका लागि महासचिवको जिम्मेवारीमा पु¥याउन मतदातासमक्ष अपिल गर्दै भेटघाटलाई तिव्र बनाएको ढुंगानाले जानकारी दिए ।

बस्तुगत हिसाबले कारोबार गर्ने पोखराका ६०/६५ वटा संघहरुको साझा समस्या सुन्ने, समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेसहित सबै संस्था र ब्यबसायीले अपनत्व महशुस गर्नेगरी संघलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता पनि ढुंगानाले औल्याएका छन् ।

संघको नेतृत्व छान्नका लागि रहेका ३ हजार १ सय ४३ मतदाता मात्रै नभएर सबै ब्यबसायीको हक, हितका पक्षमा लाग्ने प्रतिवद्धता पनि उनको छ ।

संघको आगामी २४ र २५ गते ३४ औ महाधिवेसन हुँदैछ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने संघको महासचिवमा उम्मेदवारी प्रस्तुत गरेका ढुंगाना हाल मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिवका रुपमा काम गरीरहेका छन् । त्यस्तै, अधिकृत विक्रेता संघका सल्लाहकारसहित दामु अधिकारीको नेतृत्वमा कार्यकारी सदस्यका रुपमा संघमा काम गरिसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।