पोखरा । पोखरा पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेक साइड नारेश्वरमा नयाँ हारमोनी क्याफे संचालनका आएको छ । पोखराका यूवा व्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याएका हुन्।
कफी पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा नेपालका स्याङ्गजा र पाल्पा जिल्लामा नै उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफी तयार पारिने संचालक प्रदिपले जानकारी दिए ।
वास्तबिक कफीको स्वाद लिन चाहने पारखीहरुको चाहना अनुसार नै कफी तयार पारिने सञ्चालक छिन्दालले बताए । क्याफेमा ग्राहकहरुलाई मध्यनजर गर्दै स्यानडुइज र बेकरीका आइटमहरुको स्वाद ग्राहकहरुले लिन सक्ने उनको भनाई छ ।
निकट भविष्यमा लेकसाइडको गौरीघाट, राष्ट्रबेङक चोक, न्युरोड र अमंरसिह चोकमा समेत शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
बुधबार देखी संचालनमा आएको क्याफेमा करिब पचास लाखको लगानि रहेको कफीसपमा पाँच जनाले रोजगारी पाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







