पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।
पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । हाल उनी एभरेष्ट मिडिया हाउसद्वारा संचालित एभरेस्ट आवाज डट कममा कार्यरत् छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका वडा–५ हो । अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा पत्रकार महासंघ कास्की कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना, क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार सभापति केशवबहादुर थापा, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए।
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।
कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ ।
यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिने क्लबले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






