बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनालाई समर्पण गरेका छन्।
अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए।
मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए।
खेलमा बार्सिलोनाले ४–० को सहज जित निकाल्यो।
ओसासुनामाथिको जितमा मेस्सीसँगै क्याटलान क्लब बार्सिलोनाका मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए।
खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं’ लेखेका छन।
हृदयघातका कारण गत बुधबार महान अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो।
विश्व फुटबलकै महान् मध्यमा गनिने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको विश्वकप टोलीमा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए।
मेस्सी र म्याराडोनाबीच व्यक्तिगत सम्बन्ध पनि सुमधुर थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







