नाइजेरियामा बोको हरामको भीषण हमला, ११० जना किसान मारिए


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा सशस्त्र समूहको भीषण हमला गर्दा कन्तिमा १ सय १० जनाको मृत्यु भएको जनाइएको छ।

बोको हरामले गरेका हमलाबाट मृत्यु भएका ति १ सय १० जनामा सबै किसानहरु मारिएको संचार माध्यमहरुले जनाएका छन्।

समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए।

त्यसपछि, अन्य ग्रामीण भेगमा पनि ७० जनाको हत्या भएको बताइएको छ। शनिबार भएको उक्त हमालामा जम्मा १ सय १० जना किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशित गरेका छन्।

नाइजेरियाका ग्रामीण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदै आएको छ। त्यहाँस्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेको बताएको छ।

बोको हराम र इस्लामिक इस्टेट जस्ता अतिवादी समूहद्वारा पछिल्लो एक दशकमा त्यहाँका तिनै ग्रामीण इलाकामा मात्रै ३० हजार मानिस मारिएका छन्। साथै, थुप्रै मानिस छिमेकी नाइजर, चाड र केमरुन लगायत देशमा विस्थापित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।