संविधान दिवसः ९९८ जना विभुषित हुँदै


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित




आठौं संविधान दिवसको अवसरमा ९९८ जना व्यक्तित्वहरु विभुषित हुँदैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन्।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज (सोमबार) सार्वजनिक भएको हो। पूर्ण विवरण आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । साथै गोरखापत्र अनलाइनमा समेत हेर्न र पढ्न सकिन्छ। नाम पढ्नका लागि नीलो लेखिएका अक्षरमा थिच्नु होस्।

महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।

गोरखापत्रमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।