पोखराका अग्रज पर्यटन व्यवसायी अग्नी कँडेल परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक समेत रहेका कँडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफू, श्रीमती नर्मला छोरा अनिषसहित परिवारको ३ जनामा कोरोना संक्रमण पुष्टि भएको पोष्ट गरेका छन्।
कँडेल परिवारको पीसीआर रिपोर्टले आफूहरु तीनै जनालाई पोजिटिभ रिपोर्ट देखाएको जनाएका छन्। कँडेलको परिवारले आइतबार पोखराको लाइफ केयर डाइग्नोस्टिक सेन्टरमा पीसीआर टेस्ट गराएका थिए । उनीहरुको हिँजो (सोमबार) पीसीआर टेस्टको रिपोर्ट आएको थियो ।
आफू, श्रीमती नर्मलालाई तीन दिन हल्का ज्वरो देखिएरपनि हाललाई सञ्चो भएको जनाएका छन्। उनले करिब दुई हप्ता घरको आइसोलेनमा बस्ने जनाएका छन् । कोभिडदेखि सतर्क रहन उनले आग्रह गरेका छन्।
कँडेलले फेसबुकमा लेखेका छन्, ‘पीसीआर रिपोर्टले हामी तिनैजना परिबारको पोजेटिभ देखियो अबको करिब दूई हप्ता घरको आइसोलेशनमा परियो। तीन दिन हल्का ज्वरो मेडम र मलाई देखियो र ठिकपनि भै सक्यो बाबूलाई कूनै संकेत छैन। यो बिचको समयमा हाम्रो सम्पर्कमा रहनू भएको सबै साथीहरुलाई सतर्क रहन को लागि हार्दिक अनूरोध गर्दछु।’
आइतबार पीसीआर टेस्ट गर्दा परिवारलाई संक्रमण पुष्टि भएको आफन्त पर्यटन व्यवसायी गोमा ढकालले जनाएकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






