पोखरामा एटीएम फोरेर चोरी गर्न खोज्ने ३ जना पक्राउ


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित




पोखराको २ छुट्टाछुट्टै स्थानबाट एटीएम फोरेर चोरी गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखराबाट सन्दीप बस्नेत अनिष रानामगर तथा मनोज कुमाललाई पक्राउ गरेको हो।

पोखरा–१६ का २२ वर्षीय बस्नेत र १९ वर्षीय रानामगर सोमबार दिउँसो पृथ्वीचोकस्थित कृषि विकास बैंकको एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

बस्नेतलाई घटनास्थलबाटै र रानामगरलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई वैदाम प्रहरीको टोलीले पक्राउ गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, धादिङ त्रिपुरासुन्दरी–१ स्थायी घर भई हाल पोखराको बगालेटोल बस्ने २५ वर्षीय मनोज कुमाल मंगलबार विहान २ बजेको समयमा पक्राउ परेका छन्।

पोखराको लेकसाइडस्थित एनएमबी बैंकको एटीएम मेसीन फोरेर नगद चोरी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
खुकुरी प्रयोग गरी एटीएमबाट नगद चोरी गरेको अवस्थामा कुमाललाई प्रहरीले पक्राउ गरेको हो।

पोखराको लेकसाइडस्थित एनएमबी बैंकको एटीएम फोरेर नगद चोरी गर्न लाग्दै गरेको अवस्थामा पक्राउ परेको हो।

कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी कुमालमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।