पोखरा महानगरपालिकाअन्तर्गत सहकारी समितिको अध्यक्षमा रविरमण तिवारी चयन भएका छन्।
लामो समय सहकारी अभियानमा होमिएका तिवारी कास्की जिल्ला सहकारी संघका पूर्व अध्यक्ष र कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समेत हुन्।
यसैबीच कास्की जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइरालाले तिवारी महानगरको सहकारी समितिको अध्यक्षमा चयन भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएकी छन्।
उनले भनेकी छन्, ‘संघका पूर्वअध्यक्षसमेत रहनुभएका तिवारी समग्र सहकारीको अभिभावक बन्नुभएकोमा असाध्यै खुशी लागेको छ। तिवारीको नेतृत्वमा सहकारी अभियान थप उचाइमा पुग्ने विश्वास छ। हार्दिक बधाई एवं उत्कृष्ट कार्यकालको शुभकामना ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







