मंसिर १५ विलमिङटन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको दायाँ खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । कुकुरसंग खेल्ने क्रममा ७८ वर्षिय बाइडेनको खुट्टा मर्किएको हो ।
बाइडेनका चिकित्सक केभिन ओ कोन्नोरका अनुसार प्रारम्भीक एक्स रे गर्दा हड्डी भाँचिएको नदेखिएको भएपनि बाइडेनको उमेरका कारण सानो दुखाई पनि जटिल हुन सक्ने भनाई छ ।
राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति हुन् ।
राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा दुईओटा कुकुर छन् । दुवैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







