त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफू मातहतका स्कुल तथा क्याम्पसहरुमा अध्ययन÷अध्यापन सञ्चालन गर्ने निर्ण गरेको छ । त्रिवि कार्यकारिणी परिषदको बैठकले आफू मातहतका सबै स्कुल तथा क्याम्पसहरुमा नियमित रुपमा अध्ययन÷अध्यापन गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि अध्ययन÷अध्यापन रोकिएको थियो । सो रोकिएको अध्ययन÷अध्यापनलाई निरन्तरता दिने निर्णय भएको त्रिविका रेक्टर प्रा।डा। शिवलाल भुसालले बताए ।

‘त्रिवि परिषदले स्कुल तथा क्याम्पसहरु सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्नपनि भनेको छ । कोडिभबाट जोगिदै अध्ययन÷अध्यापनलाई निरन्तरता दिने उद्धेश्यले कक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनल ेबताए ।
त्रिवि परिषदको निर्णय अनुसार अब स्कुल तथा क्याम्पसहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थिति गराएर अध्ययन÷अध्यापन शुरु गर्नेछ । तर भौतिक मापदण्ड र स्वास्थ्यका प्रोटोकल भने अनिवार्य पालना गर्न भनिएको छ । साथै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा भने आवश्यक्ता अनुसार वैकल्पिक कक्षा सञ्चालन गर्नसमेत सकिने निर्णयमा उल्लेख छ ।
त्रिवि परिषदले कक्षा सञ्चालनसँगै परीक्षालाईपनि नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






