नवलपुरमा यात्रु सहायता कक्ष स्थापना


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित




आउँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

कावासोती , डण्डा बसपार्क, गैंडाकोट र दुम्किबास लगायत क्षेत्रमा ट्राफिक, जनपथ प्रहरी, नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

दशैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक भुवनेस्वर तिवारिले बताए ।

यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, समस्यामा परेकालाई सहयोग गरी गन्तव्यसम्म पुर्याउन यसले सहयोग गर्ने प्रहरी उपरीक्षक तिवारिले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।