स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई चीज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चीज बनाउने सीप प्रदान गरिएको हो ।
नेपाली बजारमा चीजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चीज’ उत्पादनसम्बन्धी सीप प्रदान गरिएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए ।
नेपाली बजारमा चीजको माग उच्च रहेकाले बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई नयाँ परिकार उत्पादन गर्नेतर्फ अभिप्रेरित गरिएको उनले बताए ।
गल्याङ–९ गेझास्थित मुरली एग्रोफर्म प्रालिमा अमेरिकाबाट आएका चीज विशेषज्ञमार्फत सीप सिकाइएको हो । दूध उत्पादन गर्दै आएको मुरली एग्रोफर्ममा आवद्ध चार जना किसानसहित स्थानीय १५ जना दुग्ध उत्पादक किसानले सीप सिकेका छन् । चीज गाउँ ठाउँकै लागि नयाँ र नौलो भएकाले पनि त्यहाँका दुग्ध उत्पादक आकर्षित भएका छन् ।
दूधबाट भन्दा पनि चीजबाट मूल्य धेरै पाइने, बजारको समस्या नहुने, नयाँ र नौलो परिकार बनाउने सीप पाएपछि व्यवसाय थप प्रभावकारी हुने उनको दाबी छ । उपभोगसँग मात्रै रमाएको पुस्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका निरन्तर अगाडि बढेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







