काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १४ मा पुगेको छ ।
यस्तै, कूल दुई सय २९ कम्पनीको २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर रु ६६ करोड ३० लाख १३ हजार मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ बराबरको कारोबार भयो । नबिल बैंक रु दुई करोड ६१ लाख ६८ हजार एक सय १७, सानिमा माई हाइड्रोपावर रु दुई करोड २६ लाख १९ हजार पाँच सय ८९, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड १८ लाख ४० हजार छ सय ५० र हिमालयन डिस्टिलरी रु एक करोड ७९ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सामुदायिक लघुवित्त नौ दशमलव ९७, अभियान लघुवित्त छ दशमलव शून्य सात, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी छ दशमलव शून्य तीन, हिमालयन पावर पार्टरन पाँच दशमलव ९९ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले पाँच दशमलव ७१ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र पाँच दशमलव ८८, समालिङ पावर चार दशमलव ६८, वेष्ट फाइनान्स कम्पनी तीन दशमलव ६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव ४२ प्रतिशतले गुमाएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







