पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत शारिरीक सुगठन प्रतियोगिता शनिबार सहभागी खेलाडीहरुको तौल लिईएको छ ।
आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारिरीक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । शनिबार ९४ जनाको खेलाडीको तौल लिएको उनले बताए । जसमा १४ जना महिला छन् । १ सय २० जना खेलाडीको सहभागीता हुने भनिएपनि डेंगु लगायत विविध कारण सहभागी संख्या कम भएको उनले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारिरीक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम सकेर प्रतियोगिता आईतबार गर्न लागिएको हो । उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् ।
उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







