पोखरा । सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको २० औं साधरण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै केन्द्रिय बचत संघका महासचिव दामोदर अकिारले सहकारीको विकासमा शेयर सदस्यहरुनै प्रमुख रुपमा लाग्नुपर्नेमा जोड दिए ।
सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले महिला उद्यमशिलताका लागि सहकारी मार्फत महिलाहरुलाई नेतृत्व विकास गराउनु पर्ने बताए ।
संस्थाका अध्यक्ष शुष्मा पहारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छविलाल लामिछाने , जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल, जाल्पादेबी बहुउद्देश्ययीय बिकास समितिका अध्यक्ष विश्व कुमार विजुक्छे , जाल्पादेबी महिला समुहका संस्थापक अध्यक्ष शारदा सुबेदी ,संस्थाका संस्थापक अध्यक्ष सृजना बराल , पूर्व अध्यक्षहरु शान्ती शर्मा, कमला गीरी ,पवित्रा केसीले सहकारी मार्फत सदस्य सेवा कार्यक्रम गर्नु पर्ने बताए ।
सृजना विकास केन्द्रको अग्रसरमा २०५९ मा स्थापित सहकारीले ११ सय भन्दा बढी सदस्यहरु मार्फत १७ करोडको कारोकार गदै आएको संस्थाका अध्यक्ष पहारीले जानकारी दिइन् ।
साधरण सभाले उपाध्यक्ष शारदा गिरी, सचिव तारा केसी कोषाध्यक्ष सुनिता गिरी, शिक्षा समिति संयोजक नेत्रमाया गीरीद्वारा प्रस्तुत संस्थागत प्रतिबेदन पारित गर्नुका साथै उकृष्ट कारोबार, बाल बचतका उकृष्ट बालबालिका हरुलाइ सम्मान गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







