ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७९ मा प्रकाशित




पोखरा । ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ ।

शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले अब्बल सहकारी बन्ने दावी गरिएको हो । सहकारीका अध्यक्ष क्याप्टेन मनबहादुर गुरुङको अध्यक्षतामा भएको सभा उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उत्साहजनक ढंगबाट सहकारी अघि वढेको बताइन् । बाँझो जमीनलाई उपयोग गरेर वैकल्पिक नगदेवालीको खेती गर्दै अघि बढ्न सुझाव दिइन । उनले मोदी गाउँपालिकाको आन्तरिक आय बृद्धि गरेर सहकारीलाइ थप सहयोग गर्ने बताइन् ।

सहकारीका सचिव जुक्तमान गुरुङले सञ्चालन गरेको सभामा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले नयाँ कार्ययोजनाले अघि बढेको लौसीबोट सहकारीको अभियानलाई ज्ञान केन्द्रको पूर्ण सहयोग हुने बताइन् । सरकारको नीति तथा योजनालाई तपाईहरु जस्तै अगुवा सोच भएकाहरुबाट पुरा हुने भन्दै प्राविधिक, आर्थिक तथा नीतिगत सहयोग दिन आफू तयार रहेको बताइन् ।

कृषि गर्ने क्षेत्र विस्तार, विरुवाको खाध्य तत्व, नर्सरी स्थापना, सिञ्चाई, रोग–किरा लगायत समस्या पहिचान गर्न पोखराबाट आएर खेतबारीको डिलमा बसेर हेरेर मात्र नहुने भन्दै कर्मचारी व्यवस्थापन र प्राविधिक पक्षलाई ध्यान दिन आग्रह गरिन् ।

१ लाख ५ हजार अलैची र १ हजार ५ सय कागतीका विरुवा रोपेर सुरु गरेको अभियानलाई मोदी गाउँपालिका वडा नं १ मा भएको सवै जमीनमा अभियान सञ्चालन गने सहकारीका अभियान्ता राम गुरुङको भनाई छ । उक्त क्षेत्रमा थप अनुसन्धान र माटो परीक्षण गराई चियाखेती तथा अन्य नगदेबाली लगाईने योजना रहेको राम गुरुङले बताए ।

वर्षिकोत्सवमा अध्यक्ष मनबहादुर गुरुङको नीति तथा योजना, सचिव जुक्तमान गुरुङको प्रतिवेदन र कोषाध्यक्ष गौ प्रसाद गुरुङको आर्थिक प्रतिवेदन पारित समेत गरेको छ । २ करोड सेयर पुँजी लक्ष्य बोकेको सहकारीले १ करोड वचत निक्षेप संकलन गर्ने जनाएको छ । करिव ३ सय जना सेयर सदस्य रहेको लौसीबोट सहकारीले यो आर्थिक वर्षमा ५ सय जना सेयर सदस्य पु¥याउने लक्ष्य रहेको कोषाध्यक्ष गौ प्रसादले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।