पोखरा महानगरपालिकाले महानगर क्षेत्रका फेन्सी पसलमा अनुगमन गरेको छ।
पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा फेन्सी पसलमा अनुगमन गरिएको हो।
पोखरामा खाद्यान्न, तरकारी, फलफूल, होटललगायत क्षेत्रमा अनुगमन हुने गरेपनि फेन्सी पसलमा भने महानगरले पहिलोपटक अनुगमन गरेको हो। फेन्सी पसलमा ग्राहकहरू ठगिएको गुनासो आउने गरेकाले अनुगमन गरिएको महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिएका छन्।
अनुगमनका क्रममा व्यवसाय दर्ताविना संचालन भएको, दर्ता भएपनि नवीकरण नभएको र खरीद बिल नभएको पाइएको सदस्य सचिव पौडेलले बताए।
उनले भने, ‘केही पसल महानगर, घरेलु, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो।’
अनुगमनका क्रममा पोखरा ट्रेड मलभित्र संचालित २ पसललाई जरीवाना समेत गरिएको छ। ग्लोजम कुर्था पसल र सुस्मिन एण्ड सुशान्त स्टोर्सलाई ५/५ हजार रुपैयाँ जरीवाना गरिएको बताइएको छ।
ग्लोजमसँग कपडा खरीद बिल नभएको र विना दर्ता संचालन भएको भेटिएपछि जरीवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिएका छन्। त्यस्तै, सुस्मिन एण्ड सुशान्त स्टोर्सले व्यवसाय नवीकरण नगरेको र ग्राहकलाई बिल समेत नदिएको पाइएकाले जरीवाना गरिएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







