पोखरा । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ३१ हजार पुगेको छ ।
कोरोना भाइरस सम्बन्धी तथ्याङक सार्वजनिक गर्दै आइरहेको वल्डोमिटरका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट १५ लाख ३१ हजारले गुमाएका छन् ।
यस्तै विश्वका ६ करोड ६६ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भने ४ करोड ६० लाख ६६ हजार ७७२ जना कोरोनामुक्त भएका छन् । यस्तै एक लाख ६ हजार ७९ जना गम्भीर अवस्थामा उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ । अमेरिकामा हालसम्म कोरोनाबाट २ लाख ८६ हजार ५५५ जनाको मृत्यु भएको छ । यस्तै १ करोड ४८ लाख ५१ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७९ हजार ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै भारत, ब्राजिल, रुस, फ्रान्स, इटाली, बेलायत, स्पेन, अर्जेन्टीना, कोलम्बीया, जर्मनी, मेक्सीको, पोल्याण्ड, इरान, पेरु, दक्षिण अफ्रिका, यूक्रेन, टर्की, बेल्जियम, इन्डोनेसिया, इराक, चिलि, नेदरल्याण्ड, चेयाकिया, रोमानिया, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, क्यानडा, मोरक्को, साउदी अरेयिबा, सुइज्रल्याण्ड, इजरायल, पोर्चुगल, अस्ट्रीया, सूइडेन, हंगेरी, नेपाल लगायत मुलुकहरु धेरै प्रभावित भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







