इटालियन नापोलीको स्टेडिओ सान पाओला रंगशालाको नाम अबदेखि म्याराडोना


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण म्याराडोनाको नामबाट गरेको छ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गएको नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो। उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए।

अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ। नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ।

नापोलीका मालिकले म्याराडोनाको निधनपछि खुला पत्र लेखेर रंगशालाको नाम उनको सम्मानमा उनकै नामबाट राख्न प्रस्ताव गरेका थिए । नापेल्सका मेयरले पनि त्यसको समर्थन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।