तान्जानियामा विमान दुर्घटना : १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ।

२४ जनाको उद्धार गरिएको छ।

दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो। अवतरणको समयमा विमान दुर्घटनामा परेको संचार माध्यमहरुले जनाएका छन्। विमानमा ४३ जना रहेको जनाइएको छ। पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए।

बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ। आँधी र ठूलो वर्षाका कारण त्यहाँ विमान दुर्घटनामा परेको समाचारहरुमा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।