रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इन्डोनेसियाको बालीमा हुन लागेको विश्व नेताहरूको जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। पुटिनले युक्रेनमा युद्ध सुरु गरेपछि विश्वका ठूला अर्थतन्त्रका नेताहरूको पहिलो भेला हुनेछ।
इन्डोनेसियास्थित मस्को दूतावासले एएफपी समाचार एजेन्सीलाई पुटिन कार्यक्रमा सहभागी हुनेबारे ‘अझैपनि काम भइरहेको’ र रुसी नेताले शिखर सम्मेलनमा भाग लिन सक्ने बताएको छ।
इन्डोनेसियाका एक सरकारी अधिकारीले यसअघि रोयटर्स समाचार एजेन्सीलाई लाभरोभले पुटिनको प्रतिनिधित्व गर्ने र रुसी राष्ट्रपतिले शिखर सम्मेलनको कुनै एक बैठकमा भाग लिने बताएको छ।
शिखर सम्मेलनको आयोजक इन्डोनेसियाले पश्चिमी देशहरू र युक्रेनले रुसलाई बहिष्कार गर्ने आह्वानलाई अस्वीकार गरेको छ।
इन्डोनेसियाले तटस्थता कायम राख्ने वाचा गर्दै र खाद्य तथा ऊर्जा सुरक्षामा सहयोगको संभावनालाई हाइलाइट गरेको समाचारहरुमा जनाइएको छ।
अलजजिरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







