घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्ने एमाले उम्मेदवारद्धय दामोदर र गणेशमानकोे प्रतिवद्धता


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित





पोखरा । नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ९क० का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका उम्मेदवारद्धयसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए ।

त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई त दुरी जति कम भयो त्यति सहज हुन्छ मैले बुझेको छु ।’ प्रतिनिधि सभा उम्मेदवार वैरागीले भने–‘पर्यटक आउजाउ गर्न, गाउँकै मान्छे बजार आउजाउ गर्न, यहाँको उत्पादन पुर्याउन पनि सहज हुन्छ थाहा छ । जिताएर पठाएपछि बाटो पिच गर्ने काम हुन्छ, ढुक्क हुनुस् ।’

पछिल्लो समय नेपालीको घुम्ने बानी विकास भएको भन्दै उनले अब धम्पुसमा अझै पर्यटक भित्र्याउने योजना ल्याउन लाग्नुपर्ने बताए । ‘यहाँ पाहुना कसरी ल्याउने, बढाउने भन्ने सुरुमा स्थानीयले सोच्नुपर्छ । त्यहीअनुसार लागेपछि सरकारले पनि हेर्छ ।’ वैरागीले भने–‘मैले जितेँ भने यहाँको घट्टेखोलादेखि धम्पुस आउनेसम्मको बाटो कालोपत्रे गरेर छोड्छु ।

’प्रदेशसभा उम्मेदवार गणेशमान गुरुङले आफु धम्पुसको स्थानीयको हैसियतले पनि धम्पुसमा पर्यटन प्रवद्र्धन र समग्र धम्पुसको विकासको लागि कुनै कसुर बाँकी नराख्ने वचन दिए । उम्मेदवारद्धय बैरागी र गुरुङले शनिबार नै माछापुच्छ्रे–६ धितालका मतदातासँग पनि भेटघाट गरेका छन् । त्यहाँ आफूले होमस्टे पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखेको उनीहरुले बताए ।

प्रदेशको पर्यटन मन्त्रालयसँग होमस्टे प्रवर्द्धनका कार्यक्रम भएकाले समन्वय गरेर होमस्टे विकासमा अझै काम गर्न सकिने उनीहरुले स्थानीयसँग बताए । जितेपछि आफूले गाउँका सडक पूर्वाधारसहित अन्य समस्या समाधान गर्न संघमा रहेर भूमिका खेल्ने प्रतिनिधि सभा उम्मेदवार बैरागीले बताए ।

कास्की ३ मा प्रतिनिधिसभामा दामोदरसहित प्रदेश सभा ३९१०मा गणेशमान गुरुङ र प्रदेश सभा ३ ९२०मा राजीव पहारी उम्मेदवार छन् । कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् ।

प्रदेश सभा १ तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा ९२०मा अन्नपूर्ण गाउँपालिकासहित ५, ६, २२, २३ र २५ नम्बर वडा पर्छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।