अमेरिकी मध्य निर्वाचन: सिनेटमा डेमोक्रयाट, सदनमा अनिर्णित


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




अमेरिकी सिनेटमा डेमोक्रयाटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ।

योसँगै उक्त दलले आगामी २ वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ।

नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ। सिनेटमा अब डेमोक्रयाटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जना मात्र छन्।

प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको। यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ। पछिल्लो मत परिणामअनुसार रिपब्लिकन पार्टीले २११ स्थान जितेको छ भने डेमोक्रयाटिक पार्टीले २०४ सिटमा विजयी भएको छ।

रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।