एमाले उम्मेदवार भन्छन्, ‘सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ’


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।

सोमबार घर–दैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा ३ (१) का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरे।

प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन्।

पोखरा–१८ को अन्य ठाउँको तुलनामा माथिल्लो क्षेत्र तोरीपानी, गोठादी, पँदेली र तल्लो क्षेत्र भकुण्डेमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ।

‘सरकाङकोट र यहीँको छिमेकी वडा पोखरा–२४ कास्कीकोटमा खानेपानीको समस्या भएको थाहा छ,’ उम्मेद्वार बैरागीले भने, ‘यहाँ एउटा लिफ्टिङको प्रयास पनि सफल हुन सकेन। पछि संघ र प्रदेशमा एमालेको सरकार नहुँदा काम रोकियो। चुनाव जितेपछि यो समस्या समाधान गर्न प्रतिबद्ध छौँ।’

हर्पन खोलाले कटान गर्ने वस्ती संरक्षणलगायत विषयमा चंखपुरका स्थानीयले उम्मेद्वारलको ध्यानाकर्षण गराए। खानेपानी समस्या समाधान, सराङकोटमा निर्माणको अन्तिम चरणमा पुगेको शिव मन्दिर निर्माण, सुकुम्बासी व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिने उम्मेदवारद्वय बैरागी र गुरुङको प्रतिबद्धता छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।