सैद्धान्तिक संघर्षका सिपाही श्रीनाथ


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




श्रीनाथ बराल सिद्धान्तमा अडिग सिपाही हुन्।

उनी आफ्नो सिद्धान्तमा सतीसाल जस्तै स्थिर भएर उभिन्छन्।

उनले संघर्षमै आस्था र विश्वास राख्छन्, संघर्षमै जीवन देख्छन्।

उम्मेदवार बराल, मंसीर ४ को आसन्न निर्वाचनमा कास्की निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभाका लागि ५ दलीय गठबन्धनको तर्फबाट चुनावी संघर्षको मैदानमा छन्।

हाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा अखिल नेपाल किसान महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका बराललाई गठबन्धनले प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो।

आसन्न निर्वाचनमा कास्कीको ३ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभाका लागि उनलाई गठबन्धनले कास्कीको २ नं निर्वाचन क्षेत्रमा उभ्यायो। बराल मतदातासामु शालीन रुपमा प्रस्तुत हुन्छन्। त्यतिमात्र होइन, आफ्नो प्रतिद्धन्द्धी विपक्षी उम्मेदवामाथि पनि बराल सद्भाव राख्छन्।

श्रीनाथका राजनीतिक जीवन

बरालले जीवनको महन्वपूर्ण ४० वर्षसम्म निरन्तर लोकतन्त्र र विकास निर्माण एवं समाज सेवामा लगाए।

एमाले पार्टीभित्र जिम्मेवार हैसियतका पदहरुमा जिम्मेवारी भूमिका निर्वाह गरेका बराल ४० वर्षसम्म एमालेको राजनीतिमै रहे। राजनीतिक जीवनमा संघर्षमा रहँदा दर्जनौ पटक गिरफ्तारी, २ पटक जेल परेको र पटक–पटक झुट्टा मुद्दा व्यहोर्नुपरेको अनुभव बरालसँग छ।

२ वर्षअघि तत्कालीन नेकपा ३ टुक्रा हुँदा बरालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई साथ दिए।
समाजशास्त्रमा एमए र बीएड उत्तीर्ण बरालले विद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु गरेका हुन्।

०३६ को तत्कालीन बहुदल र निर्दलको चुनावमा बहुदलको पक्षमा प्रचार–प्रसार अभियानमा लागे। बरालले आफ्नो राजनीतिक चेतलाई विकास गर्दै लगेर ०३७ मा तत्कालीन नेकपा (माले) मा प्रवेश गरे र सोही वर्षमै युथ कम्युनिष्ट लिगको इलाका सचिव बने।

२०४१ देखि विद्यार्थी राजनीतिमा पूर्णकालीन कार्यकर्ता भई काम गरेका बराल ०४२ मा पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य बने। ०४४ मा राजनीतिक माग पूरा गराउन बराल पीएन क्याम्पसमा लगातार १३ दिनसम्मको लामो आमरण अनसनमा बसे। ०४४ देखि नै ०४६ सम्म पार्टीको पूर्णकालीन भूमिगत कार्यकर्ताका रुपमा गरे। तत्कालीन जनआन्दोलनमा बाममोर्चाको गण्डकी

अञ्चल सदस्यको हैसियतमा काँग्रेस–बाममोर्चाको संयुक्त आन्दोलनको परिचालन संयन्त्रमा सकृय भूमिका निर्वाह गरे।
तत्कालीन नेकपा माले, नेकपा एमाले कास्की जिल्ला कमिटीको ७ कार्यकालसम्म प्रमुखदेखि उपप्रमुख र सचिवालय सदस्य

रहेका बराल एमालेको केन्द्रीय सदस्य एवं नेकपाको केन्द्रीय सदस्यसम्म रहे।

संघ–संस्था, समितिमा बरालको संलग्नता

०५४ देखि ०५९ सम्म जिल्ला विकास समिति कास्कीको उपसभापति।

रेडियो नेपाल क्षत्रीय प्रसारण केन्द्रको वरिष्ठ कार्यक्रम संयोजकको रुपमा जिम्मेवारी बहन।

गण्डकी आवासीय विद्यालय, कालिका मावि, अमरसिंह, रतन पाण्डे, लगायतको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सहयोग समितिको सदस्य।

नवयुग मुखपत्र, माछापुच्छ«े ब्युरोको सह–सम्पादक, पार्टीका मुखपत्र ‘घोषणा’ र ‘गण्डकी’ मा सम्पादक रहेर काम गरेको अनुभव बरालसँग छ। एनको सम्पादनमा विभिन्न लेख, रचनाहरु प्रकाशित छन्।

भोट किन ?

लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र स्थिर सरकार निर्माण गर्न।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र प्रभावकारी भूमिका निर्वाह गर्न।

कृषि उत्पादनमा बृद्धि तथा आधुनिक कृषि योजना निर्माण गरी कार्यान्वयन गर्न।

देशभित्रै रोजगारीका पर्याप्त अवसर सृजना गरी दक्ष जनशक्ति बिदेश पलायन हुनबाट रोक्न।

सूचना, प्रविधि, उर्जा, शिक्षा, स्वास्थ्य, रेल, हवाई सेवा, खेलकुद, पर्यटन लगायतका पूर्वाधारको विकास गर्न।

आयात प्रतिस्थापन एवं निर्यात प्रबद्र्धन, जलविद्युत विकास, सभ्यता एवं भाषा, धर्म, कला, साहित्य, संस्कृतिको संरक्षण संबद्र्धन गर्न।

पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकको रुपमा विकास गर्न।
आधारभूत, स्वास्थ्य, शिक्षा, खानेपानीलाई नि:शुल्क र सर्वसुलभ बनाउन।

पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, नियन्त्रण अस्पताल तथा बाल एवं प्रसुती अस्पताल निर्माण गर्न।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम संचालन गर्न एवं जग्गाधनी प्रमाणपुर्जा दिन।

पोखराका ताल संरक्षण, जैविक विविधता पार्क र वनस्पति उद्यान स्थापना तथा जैविक विविधता प्रबद्र्धन परियोजना संचालन गर्न।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न।

अशक्त, पिछडिएका तथा गरिवीको रेखामुनी रहेका जनताको उत्थानका लागि विशेष कार्यक्रमहरु लगु गर्न।

पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गर्न।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।