पोखरा । चरक मेमोरियल अस्पतालले पृथ्वी राजमार्ग बस संचालक कम्पनीमा आवद्ध सवारी साधनहरुलाई भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट दिने भएको छ ।
हालै कम्पनी र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी विशेष छुट दिने गरि सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र कम्पनीका दुर्घटना संयोजक भरतकुमार मल्ल, सहसंयोजक जस बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा कम्पनीमा आवद्ध सवारीको भईपरि आउने दुर्घटनामा घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।
यस्तै कम्पनीमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको उपचारमा पनि विशेष छुट सहित उपचार गर्ने गरि सम्झौता गरिएको कम्पनीका दुर्घटना संयोजक मल्लले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







