आइएनएफ नेपालको एक समारोहबीच ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आईएनएफ नेपालसँग सहकार्य गरि अघि बताए।
उनले भने, ‘नेपालमा आइएनएफ स्थापनाको ७० वर्षसम्म आइपुग्दा नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।’
आइएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदानसहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको उल्लेख गरे।
कार्यक्रममा आइएनएफ नेपालका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले स्वागत मन्तव्य राख्दै आइएनएफका संस्थापकहरुको स्मरण गरे। कार्यक्रममा आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले संस्थाका गतिविधी र दीर्घकालीन योजनाबारे कार्यपत्र प्रस्तुत गरे।
संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुणकुमार बुढाले संस्थाको स्वास्थ्य सेवाबारे प्रकाश पारे।
आइएनएफ इन्टरनेशनलका अध्यक्ष फिल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन महाशाखाका प्रमुख प्रशन्न नापित, संस्थाका पुर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा. पे्रम सुवेदी, डा. दीपेन्द्र गौतमलगायतले् शुभकामना मन्तव्य राखे।
वार्षिकोत्सवको अवसरमा आइएनएफ नेपालमा विगत १० वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ।
संस्थाको इतिहास र गतिविधि समेटिएको अंग्रेजी र नेपाली भाषाका २ वार्षिकोत्सव पुस्तक प्रकाशनमा ल्याएको छ। ४५० भन्दा बढी कर्मचारी रहेको संस्थाले स्थापनाको ७० औं वार्षिकोत्सवका क्रममा वर्षभरि विभिन्न प्रकृतिका ७० भन्दा बढी कार्यक्रमहरू आयोजना गरेकोे जनाएको छ।
२००९ सालमा स्थापित आइएनएफले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पुर्याउदै आएको छ। सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत ३ अस्पतालसँगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा संस्थाले सेवा प्रदान गर्दै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







