सोमाली राष्ट्रिय सेना ९एसएनए० ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ ।
राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा विस्फोट पर्दाथलाई सेनाले नियन्त्रणमा लिएका सोमाली प्रहरीबलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिए ।
विष्फोटक पदार्थलाई सुरक्षित रुपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताउनु भएको छ । यस अवस्थामा कोही घाइते नभएका पनि उनले मोगादिसुमा जारी विज्ञप्तिमा जानकारी दिए ।
सुरक्षाबलहरुले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






