प्रतिनिधिसभा समानुपातिकमा अघिअघि एमाले, पछिपछि काँग्रेस


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले अगाडि छ।

प्रतिनिधिसभाकै प्रत्यक्षतर्फ काँग्रेसलाई पछ्याएको एमालेले समानुपातिकतर्फ भने एमालेलाई काँग्रेसले पछ्याएको छ।

निर्वाचन आयोगको कार्यालयले अपडेट गरेको पछिल्लो नतिजाअनुसार एमाले हालसम्म एमालेले समानुपातिकतर्फ हालसम्म २२ लाख ७७ हजार २९० मत ल्याएको छ।

त्यस्तै, एमालेलाई पछ्याएको काँग्रेसको समानुपातिक मत २१ लख ७२ हजार २२० छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। उसले समानुपातिकमा हालसम्म ९ लाख ५२ हजार ८३१ मत प्राप्त गरेको छ।

त्यस्तै, चौथो स्थानमा हालैमात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले हालसम्म ९ लाख १५ हजार ४८३ मत पाएको छ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा रहँदै हालसम्म उसले ५४ लाख, ८३ हजार ८०६ मत पाएको छ।

जनता समाजवादी पार्टी नेपाल छैटौं स्थानमा रहँदै उसले २ लाख ७४ हजार २३४ मत ल्याएको छ।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार ७५२ मत ल्याउँदै सातौं स्थानमा छ।

जनमत पार्टीले २ लाख ९ हजार ८२७ मत लाउँदै आठौं स्थानमा छ।

नागरिक उन्मुक्ति पार्टीको १ लाख ९६ हजार ६६५ मत छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको १ लाख १५ हजार ११८ मत छ।
नेपाल मजदुर किसान पार्टीको ६९ हजार ७०९ मत छ।

आयोगका अनुसार मतगणनाको अन्तिम नतिजा आउने बेलासम्म थ्रेसहोल्ड कटाउने अर्थात् कुल सदर मतको ३ प्रतिशत मत ६ दलले ल्याउने देखिन्छ। आयोगले समानुपातिकतर्फ ६१ प्रतिशत मत खसेको अनुमान गरेको छ। यसअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन भनी उल्लेख गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।