उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी पुत्री फेरि सार्वजनिक भएकी छन्।
यसपटक क्षेप्यास्त्र वैज्ञानिकहरू र पिता किमकासाथ उनी बाबुको ‘सबैभन्दा प्रिय’ वा ’अमूल्य’ बच्चीको उपाधिसहित सार्वजनिक भएकी हुन्।
उनी करिब १० वर्षकी भइन्। तर, उनका साहसिक तस्बीरहरूले कतै उनलाई उत्तर कोरियामा किमका उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको त छैन भन्नबारे गहन बहस हुन थालेको छ।
९/१० वर्षीया जु ए किमकी दोस्रो सन्तान हुनुपर्ने विश्वास गरिएको छ। उनलाई गत साता पहिलोपटक विश्वसामु सार्वजनिक गरिएको हो। आफ्ना मातापिता र अन्य वरिष्ठ कोरियाली अधिकारीहरूबीच प्योङयाङको अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण हेरिरहेको अवस्थामा उनका तस्बिरहरू सञ्चार माध्यमले बाहिर ल्याएका थिए।
उनी तस्बीरहरूमा विशाल क्षेप्यास्त्र नजिक आफना पिता किमसँग सेतो कोट र रातो जुत्ता लगाएर हिँडिरहेको अवस्थामा देखिएकी थिइन्।
आइतबार उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार जु र किमले ह्वासोङ–१७ अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा सरिक वैज्ञानिक, अधिकारी र अन्य व्यक्तिहसरूसँग सामूहिक तस्बीर खिचाएका हुन्।
लामो कालो कोट लगाएकी जुले एउटा तस्बीरमा आफ्नो पिताको पाखुरा समाएर बसेकी छन्।
एपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी को…






