पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ ।
युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियाँले बताए ।
त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा लगभग ३०० जनाको कपाल काटिएको बताए ।
सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वडा नम्बर १५ को एक मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुसी लागेको भन्दै धन्यवाद व्यक्त गरे ।
कपाल काट्ने तालिम व्यवसायिक प्रशिक्षक गंगादेवी गुरुडले प्रशिक्षण दिएकी थिइन् ।
युवा स्वरोजगार अन्तर्गतको यस तालिममा पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







