फ्रान्सले कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गराएको छ।
फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो।
पहिलो हाफको ४४ औं मिनेटमा फ्रान्सका लागि ओलिभर जिरुले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। उनले एम्बापेको असिस्टमा गोल गरेका थिए। जिरुको उक्त गोल देशका लागि ५२ औं गोल थियो। उनी फ्रान्सका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
दोस्रो हाफमा सशक्त देखिएको फ्रान्सले आफ्ना स्टार खेलाडी काइलिन एम्बापेको २ गोलले खेलमा ३–० को अग्रता लियो। एम्बापेले ७४ औं र ९१ औं मिनेटमा गोल गरेका थिए । खेलमा पोल्याण्डका लागि ९९ औं मिनेटमा लेवान्डस्कीले सान्त्वना गोल गरे। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
फ्रान्सले अब सेमिफाइनल प्रवेशको लागि क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
इंग्ल्यान्डले सेनेगललाई हरायो
त्यस्तै, इंग्ल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।
विश्वकपको नकआउट चरणमा सेनेगललाई ३–० गोलले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनल पुगेको हो।
कतारको अल बेत रंगशालामा इंग्ल्यान्डले गोल गर्दै सेनेगलविरुद्ध सहज जित निकालेको हो। पहिलो हाफमा २ गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा थप १ गोल गर्दै जित निकालेको हो।
खेलको ३८ औँ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयको
तेस्रो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए।
खेलको ५७ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए।
आज पनि नकआउट चरणका २ खेल
कतारमा जारी फिफा विश्वकपमा आज सोमबार नकआउट चरणका २ खेलहरू हुँदैछन्।
कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दैछ। यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ।
जापान समूह ‘ई’ को विजेताको रूपमा र क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा नकआउट चरणमा पुगेका हुन्।
यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ।
विश्वकपमा ब्राजिल समूह ‘जी’ को विजेताको रूपमा र दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रूपमा नकआउट चरणमा पुगेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







