सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ।

कम्पनीले मंगलबारदेखि आईपीओ निष्कासन गरेको हो। उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन्।

जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

यस्तै, २ लाख १० हजार कित्ताका लागि श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगार गरिरहेका नेपालीले आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित स्थानियले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन्। उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ। वैदेशिक रोजगारीमा रहेकाले भने पुस ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।