रूसी आक्रमणका कारण युक्रेनको आधाभन्दा बढी भागमा विद्युत् आपूर्ति बन्द


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




रूसी फौजले सोमबार भयानक आक्रमण गरेपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाइराख्न त्यसलाई आपतकालीन रुपमा बन्द गर्न लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

उनले युक्रेनका थुप्रै क्षेत्र आक्रमणबाट प्रभावित भएको र स्थानीय निकायहरुले आगामी केही दिनसम्म युक्रेनको करिब आधा भागमा विद्युत् आपूर्ति नहुने चेतावनी दिएको जानकारी दिएका छन्।

युक्रेनमा सोमबार भएको आक्रमणमा ४ जना मानिसले ज्यान गुमाएको संचारमाध्यमहरुले लेखेको छ।

अधिकारीहरुका अनुसार रातभर दक्षिणी सहर जापोरिझझिया नजिकका संवेदनशील पूर्वाधारमा रूसी फौजले थप क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसैगरी, मंगलबार रूसको कुस्र्क क्षेत्रका गवर्नर रोमन स्तारोभोयतले एउटा हवाई मैदानमा गरिएको ड्रोन आक्रमणको कारण तेल भण्डारण ट्यांकमा आगलागी भएको बताएका छन्।

अनलाइनमा पोस्ट गरिएका भिडियो फुटेजमा सो हवाई क्षेत्रमा डरलाग्दो आगोको लप्का र कालो धुवाँको मुश्लो उठिरहेको देखिन्छ। घण्टौँसम्म तेल भण्डारमा आगो लागेको थियो। यस हमलामा कुनै मानवीय क्षति नभएको तर दुईवटा स्थानीय विद्यालय बन्द भएको बताइएको छ।

युक्रेनको ऊर्जामन्त्रीले ऊर्जा ह्रास घटाउनका लागि तत्कालै आणविक उर्जा स्टेसनलाई ग्रिडमा फर्काइने बताएका छन्। पानी र बिजुलीको आर्पूिर्त रोकिएको अवस्थामा अहिले युक्रेनका अधिकांश क्षेत्रमा तापक्रम निकै घट्नुका साथै हिमपात भइरहेको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।