बेलायती राकुमार ह्यारी र उनकी पत्नी मेघनले नस्लवादी न्याय र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण काम गरेबापत ‘रिप्पल अफ होप अवार्ड’ पाएपछि यो पुरस्कारका कारण ‘श्रृंखलाबद्ध परिवर्तनहरू’ आउन सक्ने बताएका छन्।
सस्सेक्सका ड्युक तथा डचेस ह्यारी र मेघनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा रोवर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाले यो अवार्ड प्रदान गरेको हो।
ती दम्पतीले आफूहरूको घृणामाथिको पे्रम र डरमाथिको साहसको बारेमा पनि बोलेका थिए।
अभिनेता एलेक बाल्डविनले यस पुरस्कार वितरण समारोहको आयोजना गरेका थिए। आरएफकेएचआर एउटा मानवअधिकारबारे वकालत गर्ने संस्था हो।
यसले सामूहिक कारावास, जातीय न्याय र लिङ्गमा आधारित हिंसा जस्ता मुद्दाहरूमा केन्द्रीत रहेर वकालत गर्ने गरेको छ।
आरएफकेएचआरले भनेको छ, ‘यस संस्थाले सामाजिक परिवर्तनका लागि ठोस समर्पण गर्ने समानता, न्याय र
मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि काम गर्नेहरूलाई सम्मान स्वरूप यो अवार्ड दिने गर्दछ।’
सो समारोहमा ह्यारी र मेघनले आफूहरूको आर्कवेल फाउन्डेसन र आरएफकेएचआरबीच नयाँ सहकार्य हुने घोषणा पनि गरेका छन्। आर्कवेल फाउन्डेसन अवार्ड विद्यार्थीहरूको चलचित्रमा लैंगिक समानता विधामा प्रदान गरिन्छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी को…






