उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना शुरु गरिएको छ।
पहिलो पटक सन् २०२१ को नोभेम्बरदेखि नुब्री क्षेत्रमा हिउँचिनुवाको गणना गरिएको थियो।
अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लागिएको डा. बिक्रम श्रेष्ठले जानकारी दिए ।
चेक ग्लोब, चेक एकेडेमिक अफ साइन्सको एक टोलीले हिउँचितुवाको गणना सुरु गरेको हो।
‘सन् २०२१ मा हामीले नुब्री क्षेत्रमा ८० दिन लगाएर गणना गर्दा ४ वटा चितुवा फेला परेका थिए’, उनले भने, ‘चुमभ्याली क्षेत्रमा गणना गर्दैछौं, हेरौं कति फेला पार्न सकिन्छ।’
तथ्यांक प्रारम्भिक रहेकाले बिस्तृत अध्ययन हुन बाँकी रहेको उनको भनाई छ।
हिउँचितुवाबारे पीएचडी गरेका श्रेष्ठको नेतृत्वमा, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विषयमा स्नाकोत्तर गरेका सचेत तिमिल्सीना, वन रेञ्जरहरुको टोली गणनामा सहभागी छन्।
गणनाका लागि ३ सय वर्गकिलोमिटरमा ग्रिड छुट्याएर ६० वटा क्यामेरा राख्ने डा. श्रेष्ठले बताए। प्यालास्का पनि खोज्ने योजना उनले सुनाए। उनका अनुसार प्यालास्का भनेको बिरालोभन्दा अलि ठूलो एक प्रकारको जंगली जनावर हो।
(आजको लोकान्तर डट कममा समाचार छ)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







