गण्डकीमा हृदयरोग उपचार केन्द्र सञ्चालनमा


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष(सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए ।

दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताए ।

कलेजका प्राचार्य प्रा.डा.रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पु¥याइएको जानकारी दिए ।

उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरङ्गबाट सेवा लिइरहेको र अन्तरङ्ग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।