सांकेतिक तस्विर
काठमाण्डौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके) सहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका हुन् ।
नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका छन् । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँच जना दलित समुदायबाट छन्।
नेकपा ९माओवादी केन्द्र० बाट भने रणेन्द्र बराइली ९चितवन० र सुशीला श्रीपाइली ९अर्घाखाँची० निर्वाचित भएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार ९भक्तपुर० र शिव नेपाली ९ओखलढुङ्गा० निर्वाचित भए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली ९सल्यान० निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ भने नेकपा ९एमाले० का सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भए। प्रतिनिधिसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको सहभागिता छ ।
विगतको तुलनामा यसपटक संसद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्ख्या कमजोर देखिएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए । संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना ९आठ दशमलव ४८ प्रतिशत० दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा ९माओवादी० बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए ।
संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना ९छ दशमलव ८२ प्रतिशत० मा झ¥यो । सोमध्ये दुई जना नेकपा ९एमाले० बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना ९छ प्रतिशत०को प्रतिनिधित्व भयो । सोमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







