पोखरा–५ मा पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविरबाट ३०७ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो।

स्वास्थ्य चेकजाँजबाट ३ जनाको भीआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा–५ का आशिक सुवेदीले जानकारी दिएका छन्।

शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।