पोखरा । निसीखोला गाउँपालिकाले आफनो पालिकाका भित्रका सबै नागरिकलाई निशुल्क स्वास्थ्य वीमा गरिदिएको छ । सबै नागरीकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि पालिका भित्रका सातै वडा मार्फत वीमितहरुको डाटा संकलन कार्य जारी रहेको पालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।
नागरीकले आर्थिक अभाव र कम चेतना स्तरका कारण रोग पालेर वस्ने र रोग लागेकै कारण सामान्य उपचार समेत पाउन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने वाध्यतालाई अन्त्य गर्नका निम्ती पालिकाले यस्तो अभियानको सुरुवात गरेको उनले बताए ।
गाउँ गाउँमा अझैपनी गरिवी, अशिक्षा र चेतनाको अभाव जस्ता समस्या रहेकोले नेपाल सरकारले लिएको स्वास्थ्य वीमा अभियानमा हातेमालो गर्दे पालिका भरका २३ हजार ३०० बढि नागरीकलाई स्वास्थ्य वीमाको पहुँचमा समेट्ने अभियान सुरु गरिएको पालिका अध्यक्ष सुर्य बहादुर घर्तीमगरले बताए ।
शनिवार वडा नं.१ स्थित देविस्थानमा तुल्सी मल्ललाई स्वास्थ्य वीमा कार्ड हस्तान्त्रण गरेर सेवाको सुभारम्भ गरिएको उक्त अभियान यहि पौष मशान्त सम्म जारी रहने छ । जसको लागि प्रत्यक वडामा १÷१ जना स्वास्थ्य वीमा कर्मचारी र स्वास्थ्यकर्मी समेत खटाइएको छ ।
यसवर्ष निसीखोला गाउँपालिकाले स्वास्थ्य वीमा कार्यक्रमका लागी दुई करोड बजेट विनीयोजन गरेको छ । एक बर्षका लागी हुने स्वास्थ्य वीमा अभियानबाट गाउँपालिकाका सवै नागरीकले सेवा पाउने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिृकत दिलिप कुमार चन्दले बताए ।
स्वास्थ्य वीमा गरेका नागरीकले एक वर्षसम्म एकलाख रुपैयाँ वरावरको निशुल्क स्वास्थ्य उपचार र औषधि प्राप्त गर्ने छन । पालिकाले एम्वुलेन्स समेत सञ्चालन गर्ने तयारी गरेको छ । प्रकृयामा रहेकोले अवको ४र५ महिनामा एम्बुलेन्स पनि सञ्चालनमा ल्याएर पालिका भित्रका नागरिकलाई थप सेवा दिने उपाध्यक्ष घर्तीमगरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







