पोखरा, पुस १६
डिफेन्डिङ च्याम्पीयन सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लवलाई २–० ले पराजित गर्दै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको हो ।
एपीएफले दुबै गोल पहिलो हाफमा ग¥यो । शुरुदेखि नै आक्रामक खेलेको एपीएफले ३७ औं मिनेटमा अग्रता लियो । एपीएफका लागि विकु तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको मध्यभागबाट आएको पासलाई सदूपयोग गरेका हुन् । उनले दुई डिफेन्डर र गोलकिपरलाई छलाउँदै जाली चुमाएका थिए ।
पहिलो गोल भएको ३ मिनेट नबित्दै एपीएफले दोश्रो गोल थप्यो । एपीएफएका लागि खेलको ४० औं मिनेटमा युवराज खड्काले दोश्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसपछि कुनैपनि टिमबाट गोल भएन र एपीएफ २–० ले बिजयी भयो ।
धरानले अवसर सिर्जना गरेपनि फिनिसिङ कमजोर हुँदा खेलमा कमब्याक गर्न सकेन । लगातारको आक्रमणको प्रयास विपक्षी डिफेन्डरले विफल पारेपछि धरान क्वाटरफाइनलबाटै घर फर्किएको छ ।
एपीएफ बाई पाएर सिधै क्वाटरफाइनलमा आइपुगेको हो भने धरान आयोजक सहारालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
एपीएफ अघिल्लो वर्षको आहा ! रारा गोल्डकप जितेको टिम हो । अब उसले सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको बिजेतासँग पुस २० गते खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत दोश्रो क्वार्टरफाइनल खेलमा आइतबार सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लव र चर्च ब्वाइज युनाइटेड क्लब आमनेसामने हुनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







