पोखरा, पुस १७
चर्च व्वाईज युनाइटेड क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनल खेलमा ए डिभिजन लिग च्याम्पीयन मच्छिन्द्र क्लवलाई ३–१ ले स्तब्ध पार्दै चर्च व्वाईज सेमीफाइनलमा प्रवेश गरेको हो ।
बि डिभिजन लिग च्याम्पीयन चर्च ब्वाइज युनाइटेडले ए डिभिजन लिग च्याम्पीयन मच्छिन्द्रलाई स्तब्ध पार्दा नायक रहे आशिष चापागाईं र आशिष चौधरी । चर्च व्वाईजको जितमा चापागाईंले २ र चौधरीले एक गोलको योगदान दिए ।
निक्कै प्रतिष्पर्धात्मक रहेको खेलको २२ औं मिनेटमा चर्च व्वाईजका लागि आशिष चापागाईंले गोलको खाता खोलेका थिए । विपक्षी गोलकिपर विशाल श्रेष्ठबाट रिबाउण्ड भएको बललाई उनले सहजै जाली चुमाएका हुन् । बिकु राईको लामो पासमा अञ्जन विष्टले गरेको हेडिङ बचाउने प्रयास गरेका विपक्षी गोलकिपर श्रेष्ठबाट रिबाउण्ड भएको बललाई उनले गोलपोष्टको दिशा दिएका हुन् ।
पहिलो गोल गरेपछि थप आक्रामक रणनीति अप्नाएको चर्च व्वाईजले पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा अग्रता दोब्बर बनायो । दोश्रो गोलपनि उनै आशिष चापागाईले गरे । उनले आशिष चौधरीले दिएको पासलाई गोलमा परिणत गरे ।
पहिलो हाफ २–० को अग्रता बनाएको चर्च व्वाईज त्यत्तिमै सिमित रहेन । उनसले खेलको ६५ औं मिनेटमा थप गोल गर्दै जित सुनिश्चित ग¥यो । चर्च व्वाईजका लागि तेश्रो गोल आशिष चौधरीले गरे । उनले दुई गोल गरेका आशिष चापागाईंले दिएको पासलाई चलाखीपूर्ण तरिकाले जाली चुमाए ।
आइतबारको खेलमा दुई गोल गरेका चापागाईं खेलको म्यान अफ द म्याच घोषित भए ।
मच्छिन्द्रले पाएका अवसर खेर फाल्दा पराजय बेहोर्नुप¥यो । आक्रामक रुपमा प्रस्तुत मच्छिन्द्रले खेलको ८८ औं मिनेटमा मात्र सान्त्वना गोल ग¥यो । मच्छिन्द्रका लागि शौरभ सुब्बाले सान्त्वना गोल गरेका हुन् । गोलकर्ता शौरभ सब्ष्टीच्यूट खेलाडी हुन् ।
प्रतियोगिता अन्तर्गत सोमबार त्रिभूवन आर्मी क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







