जिल्ला समन्वय समिति महासंघ गण्डकीको अध्यक्षमा एमालेका लीलाधर पौडेल निर्विरोध चयन भएका छन् । दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएका छन् ।
भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य पाएको जनाइएको छ । कोषाध्यक्ष पाएको राप्रपाले नाम नदिदा हाललाई सो पद खाली नै राखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







