पुस २५ पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको शनिबार भएको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन दाहाल, द्वितीय उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल, सचिव होमविलास सापकोटा र कोषाध्यक्षमा जनकराज सुवेदी छन् । सदस्यमा विदूर सापकोटा, सन्तोष श्रेष्ठ, ईश्वर रिमाल, दुर्गानाथ लामिछाने, अमृत बराल, निर्मल गौतम र नरेन्द्र आचार्य छन् ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले इलेक्ट्रोनिक्स क्षेत्रका समस्या पहिचान गरी ती समस्याको समाधान र व्यवसायिक हकहितका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







