पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा रैथाने बालीको प्रदर्शनी हुँदै


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित




पोखरा । प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ ।

मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उनले बताए । उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया, कोदो आदि प्रदर्शनी गरिनेछ । जैविक विविधतासम्बन्धी गीत पनि प्रदर्शन गर्ने तयारी रहेको प्रमुख कडरियाले जानकारी दिए ।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का अवसरमा माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस विभिन्न कार्यक्रमका साथ मनाउने सरकारको तयारी छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।