फाइल तस्विर
पोखरा, माघ २
पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि शुरु भएको छ । पोखराको सेतीखोंचमा दुर्घटनामा परेको जहाजमा रहेका बाँकी यात्रुहरुको खोजीसँगै शव संकलन सोमबारपनि जारी राखिएको हो । सोमबार बेलुकासम्म ६३ जनाको शव संकलन गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा पु¥याइएको थियो । अहिले विहान थप ५ वटा शव संकलन गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । ‘आज विहान ७ बजेदेखि नै शव संकलन कार्य जारी छ’–उनले भने ।
काठमाडौंबाट पोखरा आएको यति एयरलाईन्सको एटिआर ७२ को ढल्–ब्ल्ऋ कलसाईन भएको जहाज आइतबार पोखराको सेतीखोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाको मृत्यू भएको थियो । जसमध्ये ६८ जनाको शव भेटिएको कास्की प्रहरीले जनाएको छ । बाँकी ४ जना बेपत्ता छन् । उनीहरुको पनि खोजी जारी राखिएको कास्की प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । ‘बेपत्ताहरुको खोजीका लागि गोताखोर टोली परिचालन गरेर खोजी गरिरहेका छौं’–उनले भने ।
जहाज दुर्घटनाको कारण खुलिसकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







