आरकेडी उद्यमशिल महिला क्लवको दोश्रो वर्षमा प्रवेश


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित




पोखरा । आरकेडी उद्यमशिल महिला क्लव दोश्रो वर्षमा प्रवेश गरेको छ । महिलाहरुलाई एकतावद्ध गरि आर्थिक हिसावले सक्षम बनाउने उद्देश्यका साथ स्थापित संस्थाले एक कार्यक्रमकाविच दोश्रो वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको पञ्चासे केवलकारका अध्यक्ष चिन्तामणी शर्माले केक काटेर उद्घाटन गरे । उनले संस्थालाई आफ्नो उद्देश्यअनुसार अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा पञ्चासे केवलकारका सञ्चालकद्वय धर्मराज भण्डारी र विना गुरुङले संस्थाले उद्यमी उत्पादनमा ठूलो भुमिका खेलेको बताए । संस्थाले महिला उद्यमीलाई विशेष सहयोग र सम्मान गर्दैै आइरहेको क्लवका अध्यक्ष रिता शर्माले जानकारी दिइन् ।

क्लवका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सदस्य हरिकला गौतमले स्वागत र सचिव गिता शर्माले सञ्चालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।