पोखरा, माघ ७
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नम्बर–२६ बरालडाँडाका हुन् । उनले पूर्व महान्यायाधिवक्ता रमेश बडालसँग मिलेर काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गर्दै आएका थिए ।
नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै सपथ लिएका छन् । उनलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले सपथ गराएका थिए । सपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीलगायतको उपस्थिति थियो ।
मुख्य न्यायाधिवक्तामा नियुक्त बराल केहि समय अघि मात्रै न्यायाधीस बनेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट आईएल गरेका उनले कानून र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरेर बस्दै आएका थिए । यसअघि अधिकारी स्वास्थ्यमन्त्री हुँदापनि बराललाई वीर हस्पिटल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नियुक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







