पोखरामा ट्रयाक्टर पल्टिदा एकको मृत्यू


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा, माघ ११

पोखरामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–३३ चवादीमा ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार स्थानिय ६३ वर्षिय नलप्रसाद लामिछानेको मृत्यू भएको हो ।

पोखरा–३३ चवादीको भित्री कच्ची सडकहुँदै सुरौदीतर्फ जाँदै गरेको ग.१त.६६६४ मन्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिदा ट्रयाक्टरको पछिल्लो भागले लामिछानेलाई च्यापेको थियो । उनलाई तत्काल उद्दार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनामा परेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी बरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।